निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका-१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको हत्याको विषयमा प्रहरीले अनुसन्धान नगरेको भन्दै अधिकारकर्मी रुबी खानको नेतृत्वमा पैदलै हिडेर काठमाडाैं पुगेको थियो । 

निर्मलाको अपहरण गरी सम्पत्ति हडपेर हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ६ जनामाथि सात दिनको म्याद थप गरिएको उनले बताए ।

सोही प्रकरणमा आरोपित कुँवर बब्बन सिंह ८० वर्षे भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । सो घटनामा मुछिएका अभियुक्तमध्ये संविधानसभा सदस्य बादशाह कुर्मी आफै गत भदौमा जिल्ला प्रहरी कार्यालयमा आएकोले उनलाई हाजिरी जमानतमा छाडिएको थियो । उनी नेपाली कांग्रेसका नेतासमेत हुन् । 

बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ । बाँकेकी  कुर्मी र धोबी घटनामा छानबिन समितिले सरकार समक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।

परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);