अवैध लागूऔषधसहित आठ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं । काठमाडौं, कञ्चनपुर, पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, मायादेवी गाउँपालिका–२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका–१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका–१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका–७ घर भएका १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रही कार्यालय सिमरीबाट खटिएको प्रहरीले उनी बस्ने घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply