लागूऔषधसहित छ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

लागूऔषधसहित छ जना पक्राउ

कैलाली,५ साउन । लागूऔषधसहित छ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका–३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१४ सि गाउँ बस्ने २७ वर्षीय बिक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका–४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका–६ महेसदोभानबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका–७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बा.प्र.०३.००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);