विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ 

काठमाडौं। मकवानपुर, सिरहा र बाँकेबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेबाट करिब ६ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक विजयलाई पक्राउ गरेको हो । सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले ६ सय नियन्त्रित लागूऔषध नाइट्राजेपाम र करिब १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१० बस्ने २५ वर्षीय नरेश कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपलिका–११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);