विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं। मकवानपुर, बझाङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ फाखेलबाट करिब ४ केजी गाँजासहित नुवाकोट घर भएका २७ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबर प्रहरीले पक्राउ गरेको छ।  बा.४२ प ६९८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङबाट करिब ४ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २३ वर्षीय आशिष विश्वकर्मा समेत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बझाङको बित्थडचिर गाउँपालिका–८ बागथलाबाट करिब १२ केजी चरेशसहित दार्चुला शैल्यशिखर नगरपालिका–१ बस्ने ४३ वर्षीय वीरेन्द्र बहादुर खडायतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट बागथलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट करिब ३ केजी गाँजासहित काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने १९ वर्षीय जयन्द्र ध्वज राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ०२–०२५ प १०१२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);