लागूऔषधसहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

लागूऔषधसहित ४ जना पक्राउ

कैलाली,प्रहरीले अवैध लागूऔषधसहित केहीलाई पक्राउ गरेको छ । भजनी नगरपालिका–३ ठेकी पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ७५ मिलिग्रामसहित सोही नगरपालिका–१ गोदाम टोल बस्ने २९ वर्षीय लोक बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१० प २७२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमाललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै,झापाको दमक नगरपालिका–९ बरगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन पौदारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगाबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय सोम बहादुर घलान र रौतहट चन्द्रपुर नगरपालिका–१ बस्ने ४१ वर्षीय आसिष पाख्रिन रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);