कञ्चनपुर र इलाममा लागूऔषधसहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कञ्चनपुर र इलाममा लागूऔषधसहित ५ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई गएराती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको विशेष प्रहरीले चेक जाँचका क्रम्मा उनलाई पक्राउ गरिएको हो ।

त्यस्तै उता ईलाम माई नगरपालिका–४ शंकर गाउँबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका–८ बस्ने २८ वर्षीय महेश थापा लगायत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रदेश १–०१३ प. ७२२२ र ना.३२ प ६९१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);