भारतका कारण नेपालतर्फ घोडेटो बाटोमा क्षति, स्थानीयलाई आवत जावतमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भारतका कारण नेपालतर्फ घोडेटो बाटोमा क्षति, स्थानीयलाई आवत जावतमा समस्या

दार्चुला । भारतले महाकाली पारी धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपालतर्फ घोडेटो बाटोमा क्षति पुर्याएपछि स्थानीयलाई आवत जावतमा समस्या परेको छ ।

ब्यास गाउँपालिका–२ मा पर्ने दुम्लिङ र कल्जु जोड्ने बाटो भत्किएपछि नोपालीहरुको दैनिकी कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उक्त पहिरो पन्छाउन तथा नेपाल तर्फको छाङ्गरु र तिकर जाने घोरेटो बाटो सुचारु गर्न भारत पिथौरागढका डि.एम.आनन्द स्वरुपलाई पत्राचार गरेको थियो ।

तर अहिलेसम्म भारत पिथौरागढ प्रशासनबाट पहिरो पन्छाउन कुनै पहल नभएको दार्चलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । कल्जुको उक्त ठाउँमा आवत जावत गर्न तत्कालका लागी वैकल्पिक बाटोको व्यवस्था गर्न ब्याँस गाउँपालीकालाई पत्राचार गरिएको छ ।

उक्त वैकल्पिक बाटोबाट आवतजावत गर्दा २ घण्टाबढी समय लाग्ने गर्दछ । समय समयमा भारतले सडक निर्माणका क्रममा विस्पोटक पदार्थ प्रयोग गर्ने र ढुंगाहरु महाकाली नदीमा फाल्ने गर्दछ ।

जसले गर्दा दार्चुला तिंकर घोरेटो बाटो अवरुद्ध हुँदै आएको छ । गत वर्ष नेपाली सेनाले कल्जु क्षेत्रमा घोरेटो बाटो निर्माण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);