दार्चुला बैतडि जोड्ने बेलिब्रिजमा ठुला सवारी साधन आवत जावत गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दार्चुला बैतडि जोड्ने बेलिब्रिजमा ठुला सवारी साधन आवत जावत गर्न रोक

बासुदेव बडु ||

दार्चुला, १९ मंसिर ||
दार्चुला बैतडि जोड्ने कर्कलेस्तिथ चमेलिया नदि माथीको बेलिब्रिजमा ठुला सवारी साधन आवत जावत गर्न रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ३ कर्कले र बैतडिको डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वर जोड्ने बेलिब्रिजको दायाँ पट्टि पहिरो गई पिल्लर भासिए पछि दुर्घटनाको जोखिम रहेको भन्दै ठुला सवारी साधन र मालबाहक सवरी साधन आवत जावतमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै कर्कले पुल को पिल्लर मर्मत नभएसम्मका लागि कर्कले पुलबाट ठुला सवारी साधन आवत जावतमा रोक लगाएको छ । चमेलिया जलविद्युत आयोजनाले यस अघि नै उक्त पुलको प्रारम्भिक जाँच गरि मर्मत सम्भार नभएसम्म ठुला सवारी साधन नचलाउन सुचना जारी गरि सकेको छ । कर्कले पुलबाट चमेलिया जलविद्युत आयोजना स्थल बलाँच मार्मा गाउँपालिकाको लटिनाथ र आपि हिमाल गाउँपालिकाको मकरीगाडसम्म आवत जावत गर्ने ठुला सवारी साधन रोकिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);