कोरोना नेगेटिभ रिपोर्ट विना भारतको धारचुला प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना नेगेटिभ रिपोर्ट विना भारतको धारचुला प्रवेशमा रोक

दार्चुला ३ दिन अर्थात ७२ घण्टाको कोरोना भाईरस नेगेटिभ भएको रिपोर्ट देखाए पछी मात्रै दार्चुलाको खलंगा नाका बाट भारत को धारचुला प्रवेश गर्न पाईने भएको छ । भारतको धारचुला प्रशासनले नेपाल भारत जोड्ने झोलुंगे पुलबाट आवत जावत गर्ने व्यक्तिको ७२ घण्टा को कोरोना भाईरस नेगेटिभ रिपोर्ट देखाउन निर्देशन जारी गर्दै सुचना टाँस गरेको छ ।

कोरोना भाईरस नेगेटिभ रिपोर्ट विना भारतले धारचुला प्रवेशमा रोक लगाए संगै दैनिक उपभोग्य सामग्री तथा विवाह , वर्तबन्ध लगायतका सामग्रीहरु खरिद गर्न दार्चुलाका स्थानियहरु मर्कामा परेका छन् साथै दार्चुला सदरमुकाम खलंगा बजार सुनसान रहेको छ ।

भारतमा कोरोना भाईरसको महामारी फैलिन थाले पछि नेपाली नागरिकलाई भारत प्रवेशका लागी कोरोना भाईरस नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);