कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई

काठमाडौं । भारतले अन्तर्राष्ट्रिय यात्रु आगमनमा कडाई गरेको छ । भारतले कोरोना संक्रमण बढेको भन्दै चीनसहित विभिन्न देशबाट आउने यात्रुहरुलाई आरटी–पीसीआर को नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो ।

भारतको यो निर्णयसँगै अन्तर्राष्ट्रिय यात्रुले आगामी आइतबारदेखि ‘एयर सुविधा’ फारम भरेर ७२ घण्टा अगाडि चीन,जापान,दक्षिण कोरिया,हङकङ,थाइल्यान्ड र सिङ्गापुरबाट आरटी–पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट बुझाउनु पर्ने भएको छ ।

कोभिडको नयाँ भेरियन्ट बिएफ –७ को संक्रमण बढेसंगै चीन लगायत अन्य देशहरुका यात्रुलाई भारतले सतर्क रहन यस्तो नियम बनाएको हो ।

भारत सरकारले देशका विभिन्न राज्यमा सर्तकता अपनाउन यसअघि नै अनुरोध गरेको थियो । कोरोना संक्रमितको संख्या एकैदिन २६८ जनाले वृद्धि भएपछि भारत सरकारले यस्तो निर्णय गरेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);