भारतद्धारा कोभिसिल्ड खोप निर्यातमा रोक, नेपालको खोप अभियान पनि प्रभावित हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतद्धारा कोभिसिल्ड खोप निर्यातमा रोक, नेपालको खोप अभियान पनि प्रभावित हुने

एजेन्सी, १२ चैत । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अन्य देशलाई वितरण नगर्ने भएको छ ।

कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको खोप तत्कालका लागि अन्य देशलाई वितरण नगर्ने निर्णय भारतले गरेको हो ।

महामारीको दोस्रो लहर सुरु भएको र संक्रमण दर बढ्दो क्रममा रहेकाले आफ्नै देशमा जारी खोप अभियानका लागि आवश्यक पर्ने भन्दै भारत यस्तो निर्णय गरेको त्यहाँको विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार अप्रिलको अन्तिमसम्म खोपको निर्यात प्रभावित हुनेछ । भारतको यो निर्णयका कारण भारतबाट खोप किन्न चाहेका तथा कोभ्याक्स अन्तर्गत खोप पाउने सूचिमा रहेका विश्वका झण्डै १ सय ९० देश प्रभावित हुने भएका छन् ।

सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले खरिदका लागि सम्झौता गरिसकेका छन् । तर संक्रमण दर बढ्दै गएको र आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णयमा भारत पुगेको हो ।

भारतले हालसम्म विश्वका ७६ देशमा खोपको ६ करोड डोज निर्यात गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);