स्वास्थ्य सतर्कता अपनाउन बेलहिया नाकामा हेल्थ डेक्सको स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वास्थ्य सतर्कता अपनाउन बेलहिया नाकामा हेल्थ डेक्सको स्थापना


रुपन्देही, १२ चैत। रुपन्देहीको बेलहिया नाकामा फेरि हेल्थ डेक्सको स्थापना गरिएको छ । भारतमा कोरोना संक्रमणको दोश्रो लहर देखिन थालेपछि सीमा–नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउनको लागि डेक्सको स्थापना गरिएको हो ।

रोजगारीको लागि भारत गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सिमा क्षेत्रमा जोखिम बढेको भन्दै सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाउन भने बमोजिम रुपन्देहीको बेलहिया नाकामा फेरि हेल्थ डेक्सको स्थापना गरिएको छ ।

भारतमा कोरोना संक्रमणको दोश्रो लहर देखिन थालेसागै बेलहिया नाकामा स्वास्थ्य डेक्स स्थापना गरि सेवा सुरु गरिएको हो ।

पहिलो चरणमा भारतबाट नेपाल प्रवेश गरेका मानिसहरुको ज्वरो नापिने छ । कोरोना भाईरससँग मिल्दाजुल्दा लक्षण देखिएमा उनिहरुलाई नाकाबाट नजिकै रहेको स्वास्थ्य क्याम्पमा राखिने छ । त्यसपछि आरडिटि परिक्षण गरिने छ ।

डा. राजेन्द्रकुमार गिरी, प्रशासन प्रमुख, स्वास्थ्य कार्यालय, रुपन्देही
दैनिक सयौंको संख्यामा नाकाबाट मानिसहरु नेपाल भित्रिने गरेका छन् । नाकाबाट संक्रमण नेपाल भित्रिन सक्ने सम्भावना रहेको र गर्मि मौसममा हुने मलेरियाको पनि चेक हुने गरि डेक्सको स्थापना गरिएको हो ।

कोरोना पोजेटिभ देखिने बिरामीलाई आईसोलेशनमा लगिने छ । तर रुपन्देही जिल्ला भन्दा बाहिरका बिरामी फेला परे भने के गर्ने भन्नेमा जिल्ला स्वास्थ्य कार्यालय अझैं अन्योलमा छ ।

डा. राजेन्द्रकुमार गिरी, प्रशासन प्रमुख, स्वास्थ्य कार्यालय, रुपन्देही
स्वास्थ्य कार्यालयकै पहलमा जिल्ला प्रशासन कार्यालय, शिद्धार्थनगर नगरपालिका तथा संघसस्थाको सहयोगमा सिमा क्षेत्रमा २ वटा टेन्ट निर्माण गरि स्वास्थ सेवा सुरु गरिएको छ ।

हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामाग्रीहरु स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ । सीमा नाकामा कडाइ गरिएपनि स्वाथ्य मापदण्ड देशभित्र पनि पालना गर्नु पर्ने सरोकारवालाको भनाई छ ।

सन्तोष पाण्डेय, सांसद, लुम्बिनी प्रदेश
हेल्थ डक्समा ३ जना स्वास्थ्यकर्मी, २ जना प्रहरी दैनिक खटिने छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि सुचना जारी गर्दै कोरोना संक्रमण फेरि फैलिन सक्ने भन्दै होली पर्वमा भिडभाड नगरि मनाउन आग्रह गरेको छ ।

सीमा नाकामा हेल्थ डेक्स स्थापना गरेर कडाइ गरेपनि स्वास्थ्य मापदण्डको पालना नगर्ने हो भने फेरि पहिले कै लकडाउनको अवस्था नआउँला भन्न सकिन्न ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);