गाँउपालिकामा ५ शैयासहितको अस्पताल संचानलन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गाँउपालिकामा ५ शैयासहितको अस्पताल संचानलन

बाजुरा, १२ चैत । बाजुराको जगन्नाथ गाउँपालिकाले गाउँमै पहिलोपटक ५ शैयासहितको अस्पताल संचानलन गरेको छ ।

पूर्वीउत्तरी क्षेत्रका १ नगरपालिका सहित ३ गाउँपालिका र छिमेकी जिल्ला कालिकोटसम्मका स्थानीयहरुका लागि स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर अस्पताल संचालनमा गरिएको हो ।

१० लाख रुपैंयाँ विनियोजन गरेर गाँउपालिकामा पाँच शैयाको अस्पताल संचालन गरिएको हो । गाउँपालिकामै चिकित्सकसहितको अस्पताल भएपछि स्थानीयसँगै छिमेकी गाउँका बासिन्दाका लागि समेत स्वास्थ्य सेवा सहज भएको छ ।

स्थानीय, बाजुरा
२०७७ माघ २१ देखि संचालनमा आएको अस्पतालमा चिकित्सकसहितको सेवा पाएपछि स्थानीयहरु खुसी भएका छन् । गाउँमै चिकित्सकको व्यवस्था भएपछि सामान्य परिक्षणका लागि नेपालगन्जसम्म जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।

स्थानीय, बाजुरा
नियमित ओपिडी, ड्रेसिङ्ग, सुचरिङ्ग, आइ एण्ड डी, कोरोनाको चेकजाँच र भर्ना सेवा नियमित संचालनका लागि आवश्यक बजेट र करारमा स्वास्थ्यकर्मीको पदपुर्ति गरिएको छ ।

सेवा सुविधा सम्बन्धी कार्यविधि–२०७७ अनुसार एक एम।वि।वि।एस।डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीबाट सेवा थालिएको हो ।

लक्ष्मण जोशी, रोजगार संयोजक, जगन्नाथ गाउँपालिका, बाजुरा
कोरोना अस्थायी अस्पतालका प्रमुख डाक्टर जस्मिता बलमपाकी लगायतको टोलीले अहिले सेवा दिइरहेको छ ।

जस्मिता बलमपाकी, चिकित्सक, बाजुरा
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसुर नराख्ने भन्दै गाँउपालिकाले अबको एक महिना भित्र ल्याव र एक्सरे सुविधा बिस्तार गर्ने बताएको छ ।

सरकारले जगन्नाथ गाँउपालिकामा दश शैंयाको अस्पताल स्वीकृत गरिसकेको र भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);