विगत चार वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विगत चार वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा

कञ्चनपुर,१५,भदाै। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अस्पतालमा विगत चार वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा आएको छ । अस्पताल स्थापनाको ५७ वर्षपछि अत्याधुनिक उपचार सघन कक्ष (आईसियू) सेवा संचालन भएको हो ।

अब कोरोना संक्रमित तथा गम्भीर प्रकृतिका बिरामीलाई अस्तालममै राखेर उपचार गर्न सकिने भएको छ । भारतीय अस्पताल र जिल्ला बाहिर उपचारकालागि जानुपर्ने स्थानीयको बाध्यता पनि हटेको छ । कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा आईसियू सेवा संचालनमा आएको छ । अस्पताल स्थापनाको ५७ वर्षपछि अत्याधुनिक उपचार सघन कक्ष (आईसियू) सेवा संचालनमा आएको हो ।

आईसियू सेवा संचालनकालागि अहिले महाकाली अस्पतालमा ६ बेड सहितको भेन्टिलेटर जडान गरिएको छ । भेन्टिलेटर र आइसीयू सेवा सञ्चालनमा ल्याएसँगै कोरोना भाइरसका संक्रमितको साथै गम्भीर प्रकृतिका बिरामीलाई समेत अस्तालममै राखेर उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पतालमा अझै पनि दक्ष जनशक्तिको अभाव हुँदा आईसियू संञ्चालनमा भने समस्या देखिएको छ । महाकाली अस्पतालले आईसियू संचालनसंगै थाईराईटको नयाँ मेसिन, शव बहान र आधुनिक एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ । रगतको माध्यमबाट विभिन्न प्रकारका रोग पहिचानका लागि थाईराईट मेसिन ल्याएको अस्पताल प्रशासनले बताएको छ । महाकाली अस्पताललाई प्रविधियुक्त बनाईने अस्पताल प्रशासनको योजना रहेको छ ।

अपुग जनशक्ति र उपकरण थप गरेर अस्पताल सुधार गर्ने उहाँको लक्ष्य छ । आईसियू सेवा संचालनसंगै यस क्षेत्रका बिरामी लाभाविन्त हुने छन् । यस अघि आईसियू सेवा नहुँदा भारतीय अस्पताल र जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता थियो । अस्पताल सुधारका लागि पहल थालिने सरोकारवालाको आश्वासन छ ।

अस्पतालको रुपमा विकसित हुँदै गएको स्थानीयको अनुभव छ । कोरोना महामारीसंगै अस्पतालले आधुनिक सेवा विस्तार गररेपछि बिरामी समेत खुसी भएका छन् । आइसियु अभावकै कारण अन्यत्र जानुपर्ने बाध्यता हटेपछि सबैलाई सहज भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);