कोरोनाले जुटाएको सौभाग्य,स्थापनाको ११६ वर्षपछि आईसीयू सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाले जुटाएको सौभाग्य,स्थापनाको ११६ वर्षपछि आईसीयू सेवा

सुबास चौलागाई, भक्तपुर, २३ पुष । कुनै समय थियो भक्तपुर अस्पताला कुनै पनि बिरामीलाई उपयूक्त उपचार गर्न नसकेर प्राथमिक उपचार गरेर फर्कनुपर्ने बाध्यता अनि अन्यत्र रिफर गर्नपर्ने अबस्था । भक्तपुर अस्पतालले स्थापनाको एक शताब्दी पार गरिसक्सदा पनि सेवा दृष्टिले अत्यन्त पछाडि परेको अस्पतालले बितेको एक वर्षमा अनुहार फेरेको छ ।

कोरोना भाइरसको महामारीका सुरु भएदेखि नै उत्कृष्ट सेवा दिन सफल यो अस्पताल वाग्मती प्रदेशको उत्कृष्ट अस्पताल बन्दै स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा समेत उत्कृष्ट ८२ अंक लेराउन सफल भयो ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने टोलीले अस्पतालको स्थलगत अध्ययन गरी दिएको अंकको आधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अंक हासिल गरेको हो। सो मूल्यांकन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा त्तिब्र गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो ।

गत वर्ष यस्तै मूल्यांकनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अंकमा चित्त बुझाउनु परेको थियो । भक्तपुर अस्पताल कुनै बेला रिफर अस्पतालको रूपमा परिचित थियो । अस्पतालको सेवाप्रति जनताको विश्वास हट्दै गएको थियो । उपचारका लागि दक्ष जनशक्तिको अभाव थियो। दरबन्दीअनुसारको चिकित्सक पाउन मुस्किल थियो ।

अस्पतालले बितेको एक वर्षमा गरेको एकपछि अर्को सुधारका कार्यक्रमले अस्पतालको साख बढाइदिएको छ । अस्पतालप्रति स्थानीयवासीको विश्वास बढ्न थालेको छ । प्रदेशस्तरीय भक्तपुर अस्पतालमा अहिले १०२ शय्या छन । तीमध्ये १० शय्या इमर्जेन्सी सेवामा छ भने बाँकी ९२ श्ययामध्ये कोरोना संक्रमितका लागि २०, प्रसूति सेवाका लागि २५, मेडिकल वार्डमा २१, सर्जिकल वार्डमा २० र आईसीयूमा ६ शय्या छन्। त्यस्तै यस अस्पतालमा तीन वटा भेन्टिलेटर सञ्चालनमा छन ।

भक्तपुर अस्पतालले एक वर्षमा एक हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भएको मेडिकल सुपरिटेनडट सुमित्रा गौतमले बताउनुभयो । सरकारको दरबन्दीअनुसार अस्पतालमा १२९ हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट ५५ जना उपलब्ध छन्। बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिरहेका अस्पतालल जनाएको छ

अस्पतालमा हाल १४५ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन। तीमध्ये नर्स र अनमी ४२, पारामेडिक आठ, पीसीआरसहित ल्याबमा १२, रेडियोग्राफर चार, विकास समितिका ५२, लेखा, प्रशासन, स्टोरमा एक एक जना, स्वास्थ्य बीमाका चार जना कार्यरत छन् । भक्तपुर अस्पतालमा हालै ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ। अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘शल्यक्रिया, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चस्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा गौतमले जानकारी दिएन्। अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।

११६ वर्षपछि आईसीयू सेवा

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई असर गरे पनि स्वास्थ्य क्षेत्रमा भने अवसर पनि जुटाइदिएको छ । यसको एउटा प्रत्यक्ष उदाहरण भक्तपुर अस्पताल बनेको छ । अस्पतालले कोरोना महामारीका बीच नै भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा ल्यायो। कोरोनाको जोखिमका कारण अन्य अस्पतालले नियमित सेवा बन्द गरेको अवस्थामा भक्तपुर अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै सेवालाई नियमित सञ्चालन गरिसकेको छ ।

अस्पतालको स्थापना राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा विसं १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट भएको हो । विसं २०२८ मा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रूपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ शय्याको प्रसूतिगृह थप गरी ७५ शय्या सञ्चालनमा आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);