ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारलाई निरन्तरता दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारलाई निरन्तरता दिने

काठमाडौं, १९ पुष । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने भएको छ । अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएको छ ।

अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड–१९ संक्रमित विरामीको उपचारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले अहिले सम्म ४ सय २८ कोभिड विरामीको सफल उपचार सम्पन्न भएको र आगामी दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहित उपचार सेवालाई निरन्तरता दिने बताउनुभयो ।

समुदायमा अन्तर्राष्ट्रिय गुणस्तरको स्वास्थ्य उपचार सेवा सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्य सहित आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता साथ काम गरिरहेको पनि अध्यक्ष कुँवरले बताउनुभयो । 

ग्राण्डी अस्पतालले २६ विभिन्न स्वास्थ्य सम्बन्धी विधाहरुमा १ सय २१ पूर्णकालिन विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा उपलब्ध गराइरहेको छ । अस्पतालले स्थापनाका कालदेखि हालसम्म ७ लाख ८५ हजार विरामीको सफल उपचार गरेको छ । हालसम्म ३१ हजार ९ सय विरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालले अन्तर्राष्ट्रिय स्तरको ओपिडी सेवा, शल्यक्रिया, रेडियो डायग्नोष्टिक, प्याथोलोजी लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ । यस्तै अस्पतालले इको, ट्रेडमिल, मामोग्राम, विएमडी, अल्ट्रासाउण्ड, इसिजी, रेडियोलोजी, प्याथोलोजी सेवा सरल र सहज तरिकाले उपलब्ध गराउँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);