पृथ्वीचन्द्र अस्पतालमा एचडीयु सेवा संचालनका लागि रामग्राम नगरपालिकाद्धारा १० लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पृथ्वीचन्द्र अस्पतालमा एचडीयु सेवा संचालनका लागि रामग्राम नगरपालिकाद्धारा १० लाख सहयोग

जीवन न्यौपाने,
नवलपरासी । रामग्राम नगरपालिकाले पृथ्वीचन्द्र अस्पतालमा एचडीयु सेवा संचालनका लागि १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । जिल्लाको पृथ्वीचन्द्र अस्पतालले बनाउन लागेको १० बेडको हाई डिपेन्डेन्सी ओक्सिजन युनिट (एचडीयु) लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि नगरपालिकाले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमणबाट जिल्लाबासीहरु सन्क्रमित भै आईसियु, एचडीयु र अक्सिजन सहितको बेड नपाएर अकालमा मृत्यु भैरहेकोले जिल्लामै सो स्तरका उपचार सेवा प्रदान गर्न अस्पतालले डाक्टरको निगरानीमा १० बेड एच्डियु संचालनमा ल्याउन लागेको छ ।

जसलाई छिटोछरितो संचालनमा ल्याउन एचडीयु सेवा व्यवस्थापनका लागि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आज अस्पतालका अध्यक्ष जगदीश चौधरीलाई १० लाखको चेक हस्तान्तरण गर्दै आगामी दिनमा थप सहयोग गर्ने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रतिबद्धता गर्नु भयो ।

देशभरी नै आइसियु, एचडीयु र अक्सिजन सहितको बेड अभाव भईरहेका बेला अस्पतालमा आईसियु र एचडीयु सेवा नभएकै कारण कोभिडका गम्भीर विरामीहरुलाई पनि बाहिर जिल्ला रिफर गर्नु पर्ने बाध्यता देखिएको छ जुन बाध्यताले अधिकांश विरामीहरु बेड नपाएर अस्पतालका चक्कर लगाउदै मृत्युको मुखमा पुग्ने गरेका छन् ।

अब गम्भीर विरामीलाई अस्पतालबाट रिफर गर्नुपर्ने बाध्यता र विरामीले अस्पतालको चक्कर काटने समस्यालाई सामाधान गर्न पृथ्वीचन्द्र अस्पतालमै एचडीयु सेवा संचालनका लागि नगरपालिकाले पनि हातेमालो गर्दै पहिलो चरणमा १० लाख रुपैया सहयोग गरेको र अस्पतालमा जनशक्तिको अभाव रहेकाले ४ जना नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि अस्पतालमा उपचार सेवा प्रदान खटाइएको नगर प्रमुख गुप्ताले जानकारी दिए ।

यता नगरपालिकाबाट १० लाख रुपैयाको चेक बुझदै अस्पतालका विकास समितिका अध्यक्ष जगदीश चौधरीले यस रकम अस्पतालमा संचालन गरिने एचडीयु सेवा व्यवस्थापनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अस्पतालले आफ्नो पुरानो भवनमा १० बेडको एच्डियु सेवा संचालनको प्रारम्भीका कार्यहरु पनि अगाडी बढाईसकेको जानकारी दिए ।

अध्यक्ष चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले एच्डियु संचालनको लागि ६० लाख र कोभिड ब्यवस्थापनको लागि १० लाख गरि कुल ७० लाख रुपैया पठाएको जानकारी दिदै नगरपालिकाको यो १० लाख आर्थिक सहयोगले अस्पताललाई एचडीयु संचालनमा ठूलो सहयोग पुग्ने र थप आर्थिक सहयोगको खाँचो समेत रहेको जानकारी दिए ।

अस्पतालमा एचडीयु सेवा संचालन भएपछि कोभिडका गम्भीर विरामीहरुलाई पनि यही उपचार सेवा प्रदान गर्न सकिने र जिल्लामा मृत्युदर पनि घट्ने अध्यक्ष चौधरीले बिश्वास व्यक्त गरे ।

अस्पतालमा एच्डियुका लागि आवश्यक पर्ने बेड, मोनिटर, ओक्सिजन लगायतका स्वास्थ्य उपकरण र समाग्रीहरु खरिद गर्न सप्लायलाई सम्पर्क गरि प्रकृया अगाडी बढाइसकिएको र एचडीयु सेवा सुचारु हुने भवनमा आवस्यक ब्यवस्थापनको कार्यहरू पनि अगाडि बढि सकेको अस्पतालले जनाएको छ ।

चेक हस्तान्त्रणको अनौपचारिक कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी, वडा ५ का अध्यक्ष विनोद कुँवर, कार्यपालिका सदस्य रोशन शाह, उमाशंकर श्रीवास्तव, समाजेवी बुद्धन अलि लगायतले पृथ्वीचन्द्र अस्पताल जिल्लाकै अस्पताल भएकाले यसको व्यवस्थापनमा अरु पालिकाहरुले पनि सहयोग गर्न आवश्यक देखिएको बताए ।

त्यस्तै कोभिड–१९ बाट संक्रमित विरामीहरुलाई सेवा दिन रामग्राम नगरपालिका नगर प्रमुखले आफुँ चढदे गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिनु भएको छ । नगर प्रमुख गुप्ताले निषेधज्ञालाई पुर्ण रुपमा पाल्ना गराउन बजारको अनुगमन गरिरहेको र आईसोलेशनमा रहेका कोभिडका विरामीहरुलाई भेटी मास्क, सेनिटाईजर, भिटामिन्स लगायतका आवश्यक औषधीहरु पनि विरतण गर्दै विरामीको मनोबल उच्च राख्ने कार्य गर्दै आएका छन् ।

नगरपालिकाले पाल्हीबहुमुखी क्याम्पसमा स्वास्थ्यकर्मीहरुको निगरानीमा अक्सिजन सहित २० बेडको आईसोलेशन पनि संचालन गरि सेवा प्रदान गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);