भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५ करोड ७७ लाख बढी रकम जम्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५ करोड ७७ लाख बढी रकम जम्मा

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यकअक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्थागर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्तहुने क्रम आइतबार पनि जारी छ ।

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३० गतेसम्ममा आर्थिक रु. ५ करोड ७ ७लाख ४१ हजार १ सय ३ रुपैयाँ ४२ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ । यसै क्रममा मिति २०७८ जेठ ३० गते शुक्रबार मात्र आर्थिक रु ९ लाख ४५ हजार ४ सय २८।७१ पैसा आर्थिक सहयोग प्राप्त भएको छ ।

आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नुहुन अथवा भक्तपुर नगरपालिकामा उपलब्ध गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथामतथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्थागर्न यस नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आज मिति २०७८।२।३० गते सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संघ संस्थाहरुको नाम, ठेगाना र सहयोग रकम तपसिल बमोजिम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);