कोरोना अस्थायी अस्पताल आइसोलेशन सेन्टरमा सहयोग गर्नेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना अस्थायी अस्पताल आइसोलेशन सेन्टरमा सहयोग गर्नेको संख्या बढ्दै

नवलपरासी । पश्चिम नवलपरासीका पालिकाहरुले निर्माण गरेको कोरोना अस्थायी अस्पताल आइसोलेशन सेन्टरहरुमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरुले उपकरण तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरेर सामाजिक काममा अग्रसरता देखाएका छन् ।

सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले उच्च गतिको अक्सिजन सेवा सहित कोराना संक्रमितको उपचार सुरु गरिसकेका छन् । सुनवल नगरपालिकाको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संघसंस्था र उद्योगले उपकरण स्वास्थ्य सामाग्री तथा नगद गरि १ करोड ३० लाखभन्दा बढि सहयोग गरेका छन् ।

सुनवल नगरपालिकाले अहिले मिनि एचडीयु सेवा सहितको १० शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । आइसोलेशनकालागि आवश्यक मेडिकल उपकरण र स्वास्थ्य सुरक्षाका सामाग्री विभिन्न उद्योग तथा संघ संस्थामार्फत सहयोग भएससङ्गै जिल्लाभित्रै मिनि एचडीयु सहितको उपचार सुबिधा उपलब्ध भएको छ ।

जसले गर्दा कोरोना संक्रमितको उपचारमा थप सहज भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);