कोरोना कहर: पर्याप्त सुरक्षा सामाग्री नहुँदा स्वास्थ्यकर्मी जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कोरोना कहर: पर्याप्त सुरक्षा सामाग्री नहुँदा स्वास्थ्यकर्मी जोखिममा

kanchanpur swasthya chauki

किशोर तामाङ

कञ्चनपुर, ३० वैशाख । कोरोनासँगै अन्य रोगका बिरामीको पनि उपचार गर्न पर्याप्त सुरक्षा सामाग्री नहुँदा कञ्चनपुरको पुनर्वासका स्वास्थ्यकर्मीहरू जोखिममा रहेका छन् । पुनर्वास नगरपालिकाले पर्याप्त सुरक्षा सामाग्री उपलब्ध गराउन नसक्दा आफुहरू जोखिम मोलेर सेवा दिन बाध्य भएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।

कोरोनाको त्रासका कारण कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्वास्थ्य चौकीहरूमा आउने अन्य बिरामीहरूको सँख्यामा कमी आएता पनि टिबी रोगी,परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ता, गर्भ चेक जाँच तथा सुत्केरीहरू भने आउने गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका भारतको सिमासँग जोडिएको कारण कोरोनाको जोखिम झन् उच्च रहेको छ । यस्तो जोखिममा काम गर्नका लागि पनि पर्याप्त सुरक्षा सामाग्री नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।

स्वास्थ्य चौकीमा सुरक्षा सामाग्रीको त अभाव छ नै अति आवश्यक औषधिहरुको समेत अभाव रहेको त्रिभुवन स्वास्थ्य चौकीका इन्चार्ज गजेन्द्र बिष्टले बताउनु भयो ।

स्वास्थ्य सुरक्षा सामाग्री नभएकै कारण एकदुई जना स्वास्थ्यकर्मी बाहेक अरू फिल्डमा खटिन मान्दैनन् । नगरपालिकाले केही थान उपलब्ध गराएको पिपिई पनि गुणस्तरिय नभएको र अधुरो रहेको पुनर्वास नगरपालिका कै पुनर्वास स्वास्थ्य चौकीमो भनाइ छ ।

पुनर्वासका स्वास्थ्यकर्मीहरूले थोरै मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री पाएको र त्यो पनि गुणस्तरहिन रहेको बताउदै गर्दा नगरपालिकाको भने पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको दावी छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सम्पुर्ण निकाय जिम्मेवार बन्न जरूरी छ । विषेश गरी कोरोना भाईरससँग लड्न अग्रपङक्तिमा खडा भएका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री अति नै आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);