आज लकडाउनको ५० औं दिन, उपत्यकामा सवारी चाप बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज लकडाउनको ५० औं दिन, उपत्यकामा सवारी चाप बढ्दै

checking-Police

काठमाडौं, ३० वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको आज ५० औं दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ५० औं दिनमा आइपुग्दा बिगतका दिन भन्दा आज अत्यावश्यक सेवाका पसलहरु खोलिएका छन् । सरकारले आइतबारदेखि औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेसँगै काठमाण्डौ उपत्यकामा केही भिडभाड बढेको देखिन्छ । उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन् ।

मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु बिगतको तुलनामा बढी खुलेका छन् । तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ भने सडकमा समेत विगतका दिनभन्दा बाक्लो सवारी साधन चलेका छन् । उपत्यका बाहिर भने लकडाउनमा थप कडाइ गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);