आज लकडाउनको ४८ औं दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज लकडाउनको ४८ औं दिन

police checking

काठमाडौं, २८ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको आज ४८ औं दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ४८ औं दिनमा आइपुग्दा बिगतका दिन भन्दा आज अत्यावश्यक सेवाका पसलहरु खोलिएका छन् । सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि काठमाण्डौ उपत्यकामा केही भिडभाड बढेको देखिन्छ । उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन् ।

मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु बिगतको तुलनामा बढी खुलेका छन् । तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ भने सडकमा समेत विगतका दिनभन्दा बाक्लो सवारी साधन चलेका छन् ।

सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट कम्पनी, पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्न पाउने निर्णय गरेको छ । त्यसैगरी बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छापाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ ।

तर, शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्रि वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जारी लकडाउनलाई आगामी जेठ ५ गतेसम्म लम्व्याउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);