चन्द्रागिरी नगरपालिका आजबाट एक साताका लागि सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चन्द्रागिरी नगरपालिका आजबाट एक साताका लागि सिल

काठमाडौं । उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साताका लागि नगरपालिका सिल गरेको छ ।

आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसधारणलाई हिडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पुर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिाका वडा कार्यलय, नगरबाट संञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संसथहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्वरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरि संञ्चालन गर्न दिईएको छ ।

त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधि उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी संञ्चालन गर्न दिईने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ ।

गरपालिकाले बैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सिमाबाट फर्काउनुपर्ने सवारीसाधनहरु धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । शनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ ।

एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै संञ्चालन भएका छन् । सर्वसाधरण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिड्ने सर्वसाधरणहरु देखिएका छैनन् ।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने बैशाख २८ गते काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ ।

नगरपालिकाकाले भेरोसेल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिईने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);