अष्ट्रेलियामा बस्दै आएका चितवनबासीद्धारा भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अष्ट्रेलियामा बस्दै आएका चितवनबासीद्धारा भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग

चितवन । चितवनमा मूल घर भई हाल अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई अक्सिजन ग्यास सहयोग गरेको छ ।

समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर धरौटी राखी ठूलो १० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो ।

ओम सञ्जीवनी अक्सिजन सप्लायर्सका सञ्चालक निरञ्जन न्यौपानेले शुक्रबार ती सिलिण्डर भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष डा.अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासन समेत दिएको जानकारी गराए ।

कार्यक्रममा डा.तिवारीले भने “हामीलाई यहाँ अक्सिजनको हाहाकार छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनु पर्ने बाध्यता रहेको छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);