कोभिड बेडका लागि बागमती प्रदेशको सवा २ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोभिड बेडका लागि बागमती प्रदेशको सवा २ करोड

हेटौंडा । कोभिड संक्रमितको उपचारका लागि १ सय ५० बेडको वार्ड सञ्चालन गर्न बागमती प्रदेश सरकारले निजामती कर्मचारी अस्पताल काठमाडौंलाई सवा २ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि शुक्रबार अस्पताल र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच सम्झौता भएको हो ।

मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. विधानानिधि पौडेलबीच हस्ताक्षर भएको छ ।

सम्झौताको शर्तअनुसार निजामती कर्मचारी अस्पतालले हाललाई बढीमा १ सय ५० बेडको कोभिड अस्पतालमा परिणत गरी सञ्चालन गर्नुपर्नेछ । जसका लागि मन्त्रालयले २ करोड २४ लाख ५० हजार अनुदान सहयोग उपलब्ध गराउनेछ ।

अस्पतालले कोभिड संक्रमितको दैनिक अनलाइन प्रतिवेदन तोकिएको ढाँचामा स्वास्थ्य कार्यालय काठमाडौंलाई पठाउनुपर्नेछ । अस्पतालमा कम्तीमा १ सय ५० बेडको थप कोभिड बेड स्थापना गरी सञ्चालन गर्दा आवश्यक पर्ने आर्थिक सुविधा, भौतिक सुविधा (औषधि, उपकरण, फर्निचर, भवन) र जनशक्तिलगायतको व्यवस्था अस्पतालले नै गर्नुपर्नेछ ।

सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी, प्रदेशसभाका एमाले मुख्य सचेतक दीपक निरौला, प्रदेशसभा सदस्य गणेशप्रसाद दुलाल र काठमाडौं–३१ अध्यक्ष नारायणप्रसाद भण्डारीको विशेष उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);