अक्सिजन अभाव देखाउँदै कर्णाली प्रदेश अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना नलिने | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

अक्सिजन अभाव देखाउँदै कर्णाली प्रदेश अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना नलिने

सुर्खेत । अक्सिजन अभावका कर्णाली प्रदेश अस्पताल सुर्खेतले पनि कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ ।

अस्पतालका निर्देशक डा.डम्बर खड्काले एक सूचना जारी गर्दै कोरोनाका नयाँ बिरामीको भनाई लिन नसकिने जानकारी गराएका हुन् ।

नेपालगञ्जबाट आउनु पर्ने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेकाले कोभिड संक्रमितको भर्ना लिन नसकिने उनले बताएका छन् ।

सूचनामा लेखिएको छ–‘ नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड १९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने विरामीलाई भर्ना गर्न नसहिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ । सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति यस अस्पताल क्षमाप्रार्थी छ ।’

पछिल्लो समय उपत्यकाका झण्डै दर्जन अस्पताल लगायत मुलुकभरका धेरै अस्पतालहरुले अक्सिजन अभाव देखाई सूचना नै जारी गरी कोभिड बिरामीको उपचार गर्न नसकिने बताईसकेका छन् ।

Leave a Reply

ताजा समाचार