अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छ : महाकाली अस्पताल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छ : महाकाली अस्पताल

पुष्कर भट्ट
कञ्चनपुर ।
काठमाडौं उपत्यका लगायतका देशका अन्य अस्पतालहरुमा जस्तै यतिखेर कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ ।

अस्पतालले अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्ने बताएको छ । महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले अस्पतालमा खपत अनुसारको अक्सिजन उपलब्ध हुन नसकेकाले यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अस्पताका फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए ।

पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसगैँ अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध नभएको अस्पतालको गुनासो छ ।

महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले दिनमा १ सयभन्दा पनि बढी सिलिण्डर खपत हुने गरेको तर असपतालमा अहिले ३२ सिलिण्डर आपुर्ति भइरहेकाले बिमारीको उपचार गर्न निकै समस्या भईरहेको बताए ।

अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको छ । डिस्चार्ज हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढी भएका कारण बेडदेखि अक्सिजन अभाव भइरहेको अध्यक्ष जोशीले बताए ।

अध्यक्ष जोशीले महाकाली अस्पतालमा अब जनशक्तिको पनि अभाव चर्किन थालेको समेत बताएका छन् । अस्पतालमा कार्यरत डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु एकैपटक ठूलो संख्यामा संक्रमित भएपछि झनै समस्या भएको उनले बताए ।

उनका अनुसार अहिले १० जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनीहरु कतिपय होम आइसोलेसन र अस्पतालकै क्वार्टरमा बसेका छन् ।

असहज अवस्था भए पनि उपलब्ध सीमित साधन स्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनेर अस्पताल प्रयत्नशील रहेको पनि जोशीले बताएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले तत्कालका लागि महाकाली अस्पतालमा नेपालगञ्जबाट अक्सिजन ल्याउन पहल भईरहेको र निकट भविष्यमा महाकाली अस्पतालमै अक्सिजन प्लान्ट जडान गर्न समेत गृहकार्य भईरहेको बताए ।

महाकाली अस्पतालमा अहिले ८२ कोरोना संक्रमितको उपचार भईरहेको छ । विगत चार दिन यता मात्र महाकाली अस्पतालमा अक्सिजन अभावकै कारण २१ संक्रमितको मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस

कोभिडसँग जुध्दै मकवानपुरको दुर्गम गाउँ
तुलसीपुरले अक्सिजनको अभावलाई रोक्न तत्काल अक्सिजन प्लान्ट निर्माण गर्ने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);