अक्सिजन सिलिन्डर संकलन गर्दै अस्थायी कोभिड अस्पतालमा बुझाउँदै बर्दिया प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अक्सिजन सिलिन्डर संकलन गर्दै अस्थायी कोभिड अस्पतालमा बुझाउँदै बर्दिया प्रहरी

दीपकलाल श्रेष्ठ,
बर्दिया । बर्दिया प्रहरीले विभिन्न उद्योग र घरहरुमा होल्ड गरी राखेका २४ थान अक्सिजन सिलिण्डर संकलन गरि बर्दियाका विभिन्न अस्थायी कोभिड अस्पतालहरुलाई बुझाएको छ।

कोभिड महामारीको दोस्रो लहरका क्रममा अक्सिजन र सिलिण्डरको अभाव भइरहेका बेला प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्ने अभियान अन्तर्गत २४ अक्सिजन सिलिन्डर संकलन गरिएको र संकलन गर्ने अभियान जारी जारी रहने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

संकलन गरिएका अक्सिजन सिलिन्डरहरु अस्थाई कोभिड अस्पतालहरु माछागड बारबर्दिया, सानोश्री, ठाकुरबाबा र राजापुर नगरपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको कार्कीले बताए।

यस्तै गरि नै अरु अक्सिजन सिलिन्डर संकलन कार्य जारी रहेको समेत कार्कीले भने ।

२०७७ चैत्र अन्तिम साताबाट हाल बैशाख २९ गते सम्म बर्दियामा ४२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ भने बैशाख २९ गते सम्ममा १३ सय ५९ संक्रमित निको हुन बाँकी रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);