बर्दिया अक्सिजन बैंकको खातामा करिब १५ लाख जम्मा, सहयोग आउने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बर्दिया अक्सिजन बैंकको खातामा करिब १५ लाख जम्मा, सहयोग आउने क्रम जारी

दीपकलाल श्रेष्ठ,
बर्दिया । बर्दियामा स्थापना गरिएको अक्सिजन बैंकका लागि आर्थिक सहयोग जुट्न सुरु भएको छ । उद्योगी, समाजसेवी, संघसंस्था लगायत सरोकारवाला निकायको समन्वनयमा स्थापना गरिएको अक्सिजन बैंकमा देश तथा विदेशमा रहेका व्यक्ति तथा निकायबाट आर्थिक सहयोग जुट्न थालेको छ ।

स्वदेश तथा विदेशमा रहेका बर्दियाका नागरिकहरु जिल्लामा देखिएको अक्सिजन अभावबाट मृत्युवरण गर्न नपरोस् भनी आर्थिक सहयोग पठाउन थालेका हुन् । सो कोष स्थापना भएको १० दिनमा करिब १५ लाख रकम जम्मा भइसकेको छ ।

१४ वटा खाली अक्सिजन सिलिण्डरहरु जम्मा गरी सुरुवात गरिएको यस शुभ कार्यमा हाल सम्म करिब ७० वटा सिलिण्डर अक्सिजन विभिन्न स्थानीय निकायको सिफारिस र जिल्ला प्रशासन कार्यालय बर्दियामा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा कोरोना अस्पतालमा पु¥याइएको अक्सिजन बैंक समन्वय समिति बर्दियाका संयोजक भेषराज पौडेलले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा संचालित यस बैंकले बर्दियाका कुनै पनि कोरोना अस्पताल र बर्दिया जिल्ला अस्पतालमा अक्सिजन कमी हुन नदिन यो समितिको उद्देश्य रहेको समेत पौडेलले भने।

यस समितिमा रहेको खाली अक्सिजन सिलिण्डरमा बाँकेबाट अक्सिजन ग्यास भरेर ल्याउने क्रम जारी राखिएको छ र जिल्लाका कोरोना अस्पतालको सिफारिसमा अक्सिजन सिलिण्डर पु¥याउने गरिएको छ । साथै यो समिति संचालनमा आएदेखि हाल अक्सिजनको अभावले कुनैपनि विरामीले बर्दियामा मृत्युवरण गर्न नपरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकित अधिकृत एवं सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

बर्दियाका उद्योगी, व्यवसायीले गरेको यो कार्यलाई नागरिकले सरहना समेत गरेका छन् । सरकारले गर्नु पर्ने काम यो समितिले गरेको काम एक दमै उदाहरणीय रहेको स्थानीयको भनाई छ । अक्सिजनको अभावको दिर्घकालिन समाधान गर्नुपर्ने अक्सिजन बैंकलाई सहयोग गर्ने मध्यका एक सुभाष पोखरेलले बताए।

बर्दिया अक्सिजन बैंकले जिल्लामा अपुग अक्सिजन प्रदान गरेर एकदमै उदाहरणीय काम गरेकोले सम्पूर्ण समिति सम्मानको लायक रहेको बर्दिया जिल्ला अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले बताए । बर्दियामा अक्सिजन कमी हुन नदिन गरिएको यो सामाजिक कार्यलाई सबै बर्दियाका स्थानीय मिलेर सहयोग गर्नु पर्ने समेत पाण्डेले भने ।

बर्दियामा कोभिड विरामीका लागि कम्तीमा दैनिक २५ वटा सिलिण्डरलाई अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट जडान गर्न सके झनै अक्सिजनको अभाव निर्मुल हुने उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);