मेलम्ची बजार क्षेत्र सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेलम्ची बजार क्षेत्र सिल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेलम्ची बजार लगायत आसपासका क्षेत्रलाई सिल गरिएको छ ।

कोरोना भाइरसको दोश्रो लहरबाट मेलम्ची नगरपालिका वडा नं ११ निवासी ७६ वर्षीय एक पुरुषको जेठ ३ गते मृत्यु भएपछि नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरु सिल गरिएको नगरपालिकाकी उपप्रमुख भगवती नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकाको विभिन्न क्षेत्रमा जेठ ८ गते राति १२ः०० बजेसम्मका लागि सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

मेलम्ची नगरपालिकाको मेलम्ची ११ डुडेखोलादेखि सोही वडाको फट्टेपुलसम्म, मेलम्ची ११ टार शेराफाँट बाटो क्षेत्रभित्र, मेलम्ची ११ दोभानटार बगैँचा क्षेत्रभित्र, मेलम्ची ११ विसौना क्षेत्रभित्र र मेलम्ची बजारदेखि मेलम्ची १० को सुकौरा खोल्सा क्षेत्र सिल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै नगरपालिकाले निषेधाज्ञाको अवज्ञा गर्दै जथाभावी नहिँड्नसमेत आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);