कञ्चनपुरको भीमदत्त नगरपालिकामा वडा न. १३ पुरा वडै सिल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कञ्चनपुरको भीमदत्त नगरपालिकामा वडा न. १३ पुरा वडै सिल

कञ्चनपुर, १९ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न. १३ मा कोरोना संक्रमित भएका व्यक्तिलाई मापदण्डविनै क्वारेन्टिनबाट छोडिएको पाईएको छ । क्वारेन्टिनमा रहेकाहरुलाई परिक्षणको रिपोर्ट नआउदै ५ दिनदेखी १० दिनमैै घर पठाउने गरेको पाईएको हो । अहिले संक्रमण बढेपछि सो वडा आगामी २४ गतेसम्मका लागि सिल गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न. १३ मा क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई विना रिपोर्ट नै घर पठाइएपछि संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् । स्थानीय सरकार र स्थानीय प्रशासनको लापरवाहीले भीमदत्त नगरपालिका क्षेत्रमा कोरोना समुदायमा फैलिने खतरा बढदै गईरहेको स्थानीयको गुनासो छ । उक्त वडाको सिद्धनाथ माध्यामिक विद्यालय क्वारेन्टाइनका संयोजक राम बोहराले जिल्ला प्रशासन कार्यालय र वडाअध्यक्षको रहोवरमा आफूले क्वारेन्टिनमा रहेकालाई ५ दिनमा छोडेको बताउनु भयो ।

भीमदत्त नगरपालिका वडा न १३ का वडासदस्य शंकर उपाध्यायले संघीय सरकारको निर्णय अनुसार स्थानीय प्रशासनसंग समन्वय गरेर ५देखी १० दिन सम्म क्वारेन्टिनमा बसेकाहरु लाई घर पठाईएको हो । घर पुगेपछि उनीहरुमा कोरोना पोजेटिभ देखिएकोले पुरा वडा सिल गरिएको बताउनु भयो ।

गाँउघर घुमेर सबैलाई संक्रमण फैलाएर अहिले सम्पर्कमा आएका ६३ जनाको कोरोना परिक्षण गर्ने वडा कार्यालयले जनाएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका ६३ जनाको पिसिआरको लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिवराज सुनारले भने ५ दिनमैं संक्रमितलाई घर पठाएको बारे आफूलाई थाहा नभएको बताउनु भयो । क्वारेन्टिनमा रहेकाहरुलाई परिक्षणको रिपोर्ट नआउदै ५ दिनदेखी १० दिनमैै घर पठाएकै कारण कञ्चनपुर जिल्ला नै कोरोना संक्रमणको जोखिममा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);