बेपत्ता भएको ५० दिन बितिसक्दा विपिन सम्पर्कमा आउन सकेनन्,परिवार चिन्तित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

बेपत्ता भएको ५० दिन बितिसक्दा विपिन सम्पर्कमा आउन सकेनन्,परिवार चिन्तित

पुष्कर भट्ट,कञ्चनपुर,मंसिर ११ । इजरायल–हमास युद्ध विश्रामको चौथो दिन भइसक्दा पनि कञ्चनपुरका विपिन जोशी अझै रिहा नहुँदा परिवारमा चिन्ता थपिएको छ । असोज २० गते प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको रिहाइ र घर फिर्तीको दिन गनेर बाबुआमाको दिन बित्ने गरेको छ । विपिनका ५० वर्षीय बुबा महानन्द जोशीले ५० दिन भइसक्दा पनि छोरा बेपत्ता भएको र सार्वजनिक नहुँदा चिन्ता थपिएको बताए ।

पहिलो चरणमै रिहाइको पहलको आशा गरेका बुबा महानन्दले छोराको रिहाइ नहुँदा भोक निन्द्रा हराएको बताउदै जतिसक्दो चाँडो छोराको रिहाइको आशा राख्दै सरकारले यथाशक्य चाँडो नेपाल ल्याउने पहल गरिदिन आग्रह गरेका छन् ।

छोराको अवस्था अगाडिसम्म बझाङमा स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएका बुबा महानन्द जोशीले त्यसयता जागिरमासमेत जान नसकेको बताए । विपिनकी बहिनी पुष्पा जोशी र दाजु किशोर जोशीले पनि दाजु विपिनको रिहाइ गरिदिन सरकासमक्ष आग्रह गरेकी छिन्।

भीमदत्त नगरपालिका वडा न ३ का वडा सदस्य मिना कुवंरले विपिन घर परिवारको सम्पर्कमा नआउदा गाउबस्तीनै दुखी भएको बताउदै सरकारले कुटनैतिक पहल गरि विपिनको रिहाईका लागी बिषेश पहल गर्नु पर्ने बताईन ।

एक छोरा र एक छोरी रहेको जोशी परिवार लामो समयदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ३ मालिकाअर्जुन टोलमा बस्दै आएको छ । २३ वर्षीय विपिन जोशी सिकाइसँगै कमाइ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । तर इजरायल युद्धमा बंकरमा बसिरहेको बेलामा उनलाई हमास लडाकुले कब्जामा लिएपछि ५० दिन बित्दासमेत अवस्था अज्ञात नै छ ।

Leave a Reply