हमासले हानेको ग्रिनेड फालेर साथीहरु बचाएका विपिन जोशीको अवस्था कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

हमासले हानेको ग्रिनेड फालेर साथीहरु बचाएका विपिन जोशीको अवस्था कस्तो छ ?

काठमाडौं, २६ असोज । इजरायलमा बेपत्ता भएका बैतडीका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको आक्रमणपछि अपहरणमा परेका बैतडीको दोगडाकेदार–१ रिमका जोशी अझै कतै पनि सम्पर्कमा आउन सकेका छैनन् ।

भदौ अन्तिम सातामात्रै इजरायल पुगेका विपिन शनिबारदेखि बेपत्ता छन् । केही मिडियाले जोशी सम्पर्कमा आएको जानकारी दिएपनि परिवारले भने सो समाचारमा सत्यता नभएको बताइरहेको छ ।

उनका दाजु किशोर जोशीले भाईको अवस्था अज्ञात हुँदा परिवार तनावमा रहेको बताएका छन् । इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो । परराष्ट्रमन्त्री एनपी साउदलगायतको टोलीले इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका नेपाली विद्यार्थीहरुलाई स्वदेश ल्याएको हो ।  हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना नबच्ने उनका साथीहरु बताउँछन् ।

स्वदेश आएपछि त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले ब्रिफिङ गर्दै आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताउनु भयो । उहाँले नियमित उडानहरुमार्फत् पनि ल्याइने जानकारी दिनुभयो । त्रास र खुशी मिश्रित नेपाली विद्यार्थीहरुले स्वदेश पर्केपछि यस्तो प्रतिक्रिया दिएका छन् ।

इजरायी समयअनुसार २ बजेर ३२ मिनेट तथा नेपाली समय अनुसार ५ बजेर १७ मिनेटमा नेपाली विमानले तेलअविवबाट उडान भरेको थियो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई नेपाल ल्याइएको हो ।

यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि हुनुहुन्छ । आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता हुनुहुन्छ । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);