बुढानीलकण्ठ र पुलिस दोस्रो चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बुढानीलकण्ठ र पुलिस दोस्रो चरणमा

काठमाडौं,६ चैत्र । नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लव आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्प क्वार्टरफाइनलमा पुगेका छन् । जारी च्याम्पियनसिपमा समूह ‘सी’ बाट पुलिस विजेता र बुढानीलकण्ठ उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे । सोमवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसले बुढानीलकण्ठलाई ३–० को सोझो सेटमा हराउँदै विजेता बनेका हुन् । पुलिसले बुढानीलकण्ठलाई २५–१९, २५–१४, २५–२२ ले हरायो । समान दुई खेलबाट पुलिसले सतप्रतिशत जित निकाल्दा बुढानीलकण्ठले भने कर्णाली प्रदेशलाई हराएको थियो । यो जित नै बुढानीलकण्ठका लागि दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो ।

आर्मीले पनि दोस्रो जित निकाल्दै क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ । चार टोली रहेको समूह ‘डी’ मा आर्मीले दुई जितसँगै दोस्रो चरणको सम्भावना बलियो बनाएको हो । सोमबार आर्मीले न्युटन क्लवमाथि २५–१५, २५–१२ र २५–२० को जित निकाल्यो । यो समूहमा आर्मी र न्युटनसहित गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लव छन् । सोमवार नै गण्डकीले दोस्रो खेलमा पहिलो जित निकालेको छ । आर्मीसँगको हारबाट प्रतियोगिता शुरुवात गरेको गण्डकीले सोमवार मणिमुकुन्दलाई २५–१८,२५–१४, २७–२९ र २५–१८ ले हराएको हो ।

पुरुषतर्पm १३ टोलीले प्रतिष्पर्धा गरेका छन् र यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लव, कोशी प्रदेश र ढोरपाटन भलिबल क्लव तथा समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले चुनौती प्रश्तुत गर्दैछन् । समूहका शिर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् । महिलातर्पm सोमवार तीन खेल भएका थिए । न्यु डायमण्ड स्पोर्ट्स क्लवले एपिएफ क्लवलाई २५–१७, १७–२५, २५–१५,२५–२३ ले हराउँदै सुखद् शुरुवात गरेको छ ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लवले त्रिभुवन आर्मी क्लवलाई २४–२६, २५–१७, २५–१९, २५–२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो । एभरेस्टको यो दोस्रो जित हो । महिलामा कुल सात टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । समूह ‘ए’ मा एभरेस्ट र कर्णालीसहित गत संस्करणको विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोटर््स एकेडेमी, एपिएफ र मधेस प्रदेश छन् । नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्पmका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);