कुसारीको अध्यक्षतामा नेपाल कुस्ती संघमा सर्वसम्मत नेतृत्व चयन | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

कुसारीको अध्यक्षतामा नेपाल कुस्ती संघमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं,५ चैत्र । प्रकाशकुमार कुसारीको अध्यक्षतामा आगामी पाँच वर्षका लागि नेपाल कुस्ती संघको नयाँ नेतृत्व चयन भएको छ । आईतवार लाजिम्पाटमा सम्पन्न संघका साधारणसभा तथा निर्वाचनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । उहाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्डसदस्यसमेत हुनुहुन्छ ।

संघको कुल २७ सदस्यीय कार्यसमिति रहनेछ भने बाँकी १२ पदमा पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष कुसारीले जानकारी दिनुभयो । संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह र सूर्यन्सकुमार चौधरी तथा महासचिवमा खगेन्द्रबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।

संघको विधानअनुसार वरिष्ठसहित कम्तीमा एक महिला गरी पाँच उपाध्यक्ष रहने व्यवस्था छ । संघको पहिलो कार्यसमिति बैठकले महिला उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष मनोनित गर्ने भएको छ । उपमहासचिवमा चितवनका साजन अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कार्यसमितिले थप एक जना उपमहासचिव मनोनित गर्न पाउने व्यवस्था छ । सचिवमा सरोज कटुवाल र सूर्यनारायण साह तथा कोषध्यक्षमा विपुल पौडेल निर्वाचित भएका छन् । यो कार्यसमितिमा थप तीन जना सचिव नियुक्त हुनेछन् ।

साधारण सभा र निर्वाचनले संघको सदस्यहरूमा ऐटन मल्ल, सुदीप केसी, अनित न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोख्रेल र लक्ष्मी उराउलाई सर्वसम्मत निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको बैठकले थप ६ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ । त्यसअघि उक्त साधारणसभाको राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिम्सिना र नेपाली राष्ट्रिय कुस्ती टोलीका वरिष्ठ प्रशिक्षक मुमताज अलीको उपस्थितिमा उद्घाटन भएको थियो ।

निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्का कानून शाखा प्रमुख तथा निर्वाचन समितिका संयोजक नारायणराज अर्यालले पद तथा गोपिनियताको शपथ राउनुभएको थियो । अर्यालको नेतृत्वमा रहेको निर्वाचन समितिको सदस्यमा राखेपका अधिकृतद्वय चन्द्रकुमार राई र ओमनाथ न्यौपाने, अधिवक्ताद्वय प्रदीप सापकोटा र सन्तोष आचार्य थिए । अध्यक्ष पदमा निर्वाचित भएसँगै कुसारीले देशका हरेक कुनाबाट खेलाडी उत्पादनसँगै प्रशिक्षक र निर्णायकको अभिवृद्धि लगायतमा आगामी चार वर्ष यो नेतृत्वले काम गर्ने संकल्प व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);