आरबीबी एनभिए महिला तथा पुरुष भलिबलको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आरबीबी एनभिए महिला तथा पुरुष भलिबलको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश

काठमाडौं,७ चैत्र । साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी एनभिए महिला तथा पुरुष भलिबलको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह एको विजेता बन्दै अन्तिम आठमा पुगेको हो । हेल्प नेपालको जितले कोशी प्रदेश पनि समूह उपविजेता बनेको छ । लगातार दुई हार बेहोरेको ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा मंगलबार उपाधि दावेदार हेल्प नेपालले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्यो । अब हेल्प नेपालले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबतथा उपविजेता कोशीले समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

मंगलबार नै महिलातर्फ दुई विभागी टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुलिसले तीन भारतीय र नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ । पुलिसलाई भने आर्मीविरुद्ध एक अंक जोडे सेमिफाइनल पुग्ने छ । पुलिसको ५ र आर्मीको ३ अंक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);