आठौं संस्करणको विराट गोल्डकप चैत १५ गतेबाट | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

आठौं संस्करणको विराट गोल्डकप चैत १५ गतेबाट

काठमाडौं,७ चैत्र । ‘विराट गोल्डकप’ को आठौं संस्करण यही चैत १५ गतेबाट शुरु हुने भएको छ । विराटनगरको शहीद रंगशालामा चैत १५ गतेबाट गोल्डकप हुन लागेको हो । मंगलवार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले हाल प्रतियोगिताकोे सम्पूर्ण पूर्वतयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

आयोजकको यस वर्षको गोल्डकपमा नेपाल, भारत र भूटानका गरी कुल १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार गोल्डकपमा भारतबाट २, भूटानबाट १ र नेपालका विभागीयसहित कुल ७ टिमको सहभागिता रहनेछ । आठौं संस्करणको विराट गोल्डकपको विजेता र उप–विजेताले पाउने नगद पुुरस्कारको राशी भने आधा घटाइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार गतवर्षको गोल्डकपमा भएको घाटालाई दृष्टिगत गर्दै यसवर्षको पुरस्कार राशी घटाइएको हो । गतवर्ष प्रतियोगिताको विजेता र उप–विजेताले क्रमशः २० लाख ५१ हजार र १० लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेकोमा यसपटक विजेताले ११ लाख र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त गर्नेछन् ।

गोल्डकप सञ्चालनको सम्पूर्ण पूर्र्वतयारी अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै आयोजकले गोल्डकप सञ्चालनका लागि कुल १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । चैत्र १५ देखि २५ गतेसम्म कुल १० दिन सञ्चालन हुने गोल्डकपको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. २१ हजार, म्यान अफ द म्याचलाई ११ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिने व्यवस्था आयोजकको छ । आयोजकका अनुसार यसवर्षको फुटबल प्रतियोगितालाई भने कोशी प्रदेश सरकारले २५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख र राष्ट्रिय खेलकुल परिषद्ले ५ लाख नगद सहयोग गर्ने भएकोे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);