इलाममा आजबाट माइभ्याली गोल्डकप सुरु, दार्जिलिङ युनाईटेडद्वारा माईभ्याली पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इलाममा आजबाट माइभ्याली गोल्डकप सुरु, दार्जिलिङ युनाईटेडद्वारा माईभ्याली पराजित

football

काठमाडौं, २६ फागुन । इलाममा आईतबारबाट (आज) सुरु भएको पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको आईतबारको खेलमा दार्जिलिङ युनाईटेड क्लबले बिजयी शुरुवात गरेको छ ।

दार्जिलिङ युनाईटेड क्लबका देवाशिस राईले १ गोल गर्दै आयोजक माईभ्याली क्लबलाई सुरुवाती चरणबाट बाहिर्याएको हो । राईले दार्जिलिङको तर्फबाट इन्जुरी समयमा थप गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । माईभ्याली फुटबल क्लब इलामको आयोजनामा सुरु भएको गोल्डकपमा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता रहेको छ ।

गोल्डकपको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सोमबारको खेल नेपाल फुटबल एकेडेमी हङकङ र हिमालयन शेर्पा क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुने आयोजक माईभ्याली फुटबल क्लबले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);