आर्मीलाई हराउँदै माईभ्याली क्लब फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

आर्मीलाई हराउँदै माईभ्याली क्लब फाइनलमा

इलाम, २२ फागुन । आयोजक माईभ्याली क्लब, इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार इलामको ठुलो टुँडिखेलमा भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।

खेलको निर्धारित समय र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३–३ गोलको बराबरीमा सकिएपछि खेल सडन डेथमा पुगेको थियो । अब फाइनलमा आयोजकले मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगिसकेको छ । प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);