विश्वकपको एसिया छनोट खेल स्थगित गर्न फिफाको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकपको एसिया छनोट खेल स्थगित गर्न फिफाको प्रस्ताव

fifa logo

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय फुटबलका महासंघ फिफा र एसियन फुटबल फेडेरेसन एएफसीले विश्वकपको एसिया छनोट र एसियन कपको छनोट खेल स्थगित गर्न प्रस्ताव गरेका छन् । विश्वभर फैलिएको कोरोना भाईरसको कारण देखाउँदै फिफा र एएफसीले एसिया राष्ट्रका सदस्यहरुलाई खेल स्थगित गर्न प्रस्ताव गरेका हुन् ।

फिफा र एएफसीले छनोट खेलको नयाँ मिति सम्बन्धित देशका संघलाई पछि उपलब्ध गराउने बताएका छन् । फिफा र एएफसीको प्रस्तावसँगै विश्वकप र एसियन छनोट अन्तर्गत नेपाल र अष्ट्रेलिया तथा नेपाल र चाईनिज ताईपेबीचको खेल स्थगित हुने भएको छ ।

अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लेगको खेल नेपालसँग खेल्ने तालिका रहेको छ ।आगामी चैत १० मा नेपाल र अष्ट्रेलिया दशरथ रंगशालामा खेल्ने तय छ । त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो लेग खेल्ने तय भएको छ ।

विश्वकप छनोट अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक ३१ सदस्यीय टिम घोषणा गरिसकेको छ । विश्वकप छनोटको समूह चरणको चारै अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदानमा खेल्नेछ । दशरथ रंगशाला तयार नभएको अवस्थामा कुवेतविरुद्धको होम गेम नेपालले भुटानमा खेलेको थियो ।

नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);