नेपालले विश्वकप र एसियन कप छनोटको बाँकी खेल कुवेतमा खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेपालले विश्वकप र एसियन कप छनोटको बाँकी खेल कुवेतमा खेल्ने

काठमाडौं, २८ फागुन । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्न बाँकी रहेका खेलहरु कुवेतमा आयोजना हुने भएको छ । एसियन फुटबल महासंघ एएफसीले नेपालको समूह समूह ’बी’ का खेलहरु कुवेतमा हुने शुक्रबार जनाएको हो ।

कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु तटस्थ मैदानमा गर्न लागिएको एएफसीले जनाएको छ । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ । छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ ।

यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका थियो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी छ । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

छनोट अन्तर्गत समूह ’ए’ को बाँकी खेल चीन, समूह ’सी’ को बहराइन, समूह ’डी’ को साउदी अरेबिया, समूह ’ई’ को कतार, समूह ’एफ’ को जापान, समूह ’जी’ को युएई र समूह ’एच’ दक्षिण कोरियामा एएफसीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);