नेपाल चीनमा आयोजना हुने एसियन कप फुटबल –२०२३ छनोटको तेस्रो चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल चीनमा आयोजना हुने एसियन कप फुटबल –२०२३ छनोटको तेस्रो चरणमा

काठमाडाैं । नेपाल चीनमा आयोजना हुने एसियन कप –२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन एएफसीले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ । समूह ’बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो ।

नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो ।यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टोली सहभागि हुनेछन् ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);