पोर्चुगलसँग हंगेरी ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोर्चुगलसँग हंगेरी ३–० गोल अन्तरले पराजित

एजेन्सी । साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ

मंगलबार राति सम्पन्न खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।

घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो । खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।

८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए । हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);