युईएफए फुटबलः पोर्चुगलसँग २–० गोल अन्तरले स्विडेन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युईएफए फुटबलः पोर्चुगलसँग २–० गोल अन्तरले स्विडेन पराजित

एजेन्सी, २४ भदौ । यूरोपेली नेसन्स लिग युईएफए फुटबलमा पोर्चुगलले जित निकालेको छ ।

मंगलबार राति सम्पन्न खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले पराजित गरेको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो गोलसँगै रोनाल्डोले पोर्चुगलको जर्सीमा सय गोल समेत पुरा गरेका छन् ।

त्यस्तै रोनाल्डोले नै ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । पछिल्लो जितसँगै पोर्चुगलले नेसन्स लिग फुटबलको सुरुवाती दुवै खेलमा जित निकालेको छ ।

यसअघिको खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१ को शानदार जित निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);