मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित

एजेन्सी । मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक÷एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४४ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

खेलको ८६ औं मिनेटमा जोआले गोल गर्दा पोर्चुगल ३–० ले अघि रह्यो भने खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);