युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको फराकिलो जित

एजेन्सी , ७ फागुन । युरोपा लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । इंग्लिस क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० गोल अन्तरले हराउदै इंग्ल्याण्डको म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ ।

युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इंग्ल्याण्डको म्यानचेस्टर युनाईटेडले ४–० गोल अन्तरले फराकिलो जित निकालेको हो । एलिनाज स्टेडियममा युनाईटेडलाई जित दिलाउन ब्रनो फर्नान्डेसले दुई तथा मार्कस रास्फोर्ड र डानिल जेम्सले एक एक गोल गरे । खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाईटेडको अग्रता २–० को रह्यो । ६५ औं मिनेटमा रासाफोर्डले गोल गर्दा युनाईटेडको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ९० औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई ४–० को जित दिलाए ।

जितसँगै युनाईटेडले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ भने अब युनाईटेडले घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ । दोस्रो लेग अर्काे साता हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);