युनाईटेडसँग ३–० को गोल अन्तरले ब्राईटोन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, १७ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित निकालेको छ । मंगलबार राति युनाईटेडले ब्राईटोनमाथि ३–० को पराजिलो अन्तरले पराजित गर्दै जित निकालेको हो । युवा खेलाडी मासन ग्रिनउडले १६ औं मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

बरुनो फर्नान्डेसले २९ औं मिनेटमा युनाईटेडको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै फर्नान्डेसले युनाईटेडलाई ३–० को शानदार जित दिलाए । जितसंगै युनाईटेडले च्याम्पियन्स लिगको छनोट दौडमा आफुलाई कायम राखेको छ । जितसँगै चौथो स्थानको चेल्सी भन्दा युनाईटेड मात्र २ अंकले पछि छ । ब्राईटोन ३३ अंक सहित १५ औं स्थानमा यथावत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);