युभेन्ट्ससँग ३–१ गोल अन्तरले जेनोआ पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युभेन्ट्ससँग ३–१ गोल अन्तरले जेनोआ पराजित

एजेन्सी, १७ असार । सिरि ए फुटबलमा युभेन्ट्सले विजयी हाशिल गरेको छ । मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध ३–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५० औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए ।

उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ड्युगलस कोस्टाले ७३ औ मिनेटमा पाहुना टोलीलाई ३–० ले अघि बढाए ।

घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै शीर्ष स्थानमा पुगेको युभेन्ट्सकोे ७२ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);