सिरी ए : युभेन्ट्ससँग इन्टर मिलान पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सिरी ए : युभेन्ट्ससँग इन्टर मिलान पराजित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलको २४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा युभेन्ट्सका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो । तर, खेलको ८८ औं मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए ।

जितसँगै युभेन्ट्स ३७ खेलमा ७५ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ भने इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);